Saturday, April 26, 2025

जिल्ला प्रशासन अगाडि निर्माण व्यवसायीको धर्ना

पछिल्लाे समाचार


रौतहट १४ साउन । निर्माण सम्पन्न भएका योजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय रौतहट अगाडी धर्ना दिएका छन् ।
निर्माण सम्पन्न नभएका योजनाको म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगायतका ९ बुँदे माग राखेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
नेपाल निर्माण व्यवसायी संघको केन्द्रीय कार्यक्रम अनुसारनै देशै भरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिएको निर्माण व्यवसायी संघका सदस्य अरबिन्द जयसवालले बताए ।
निर्माण व्यवसायीहरुले रौतहटमा रहेको सडक डिभिजन कार्यालयसँग ३० करोड भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको र विभिन्न स्थानीय तहहरुबाट १० करोड रुपैयाँ भन्दा बढीको भुक्तानी बाँकी रहेको व्यवसायीहरुले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु