रौतहट ३१ असार । बिल भुक्तानी को माग गर्दै निर्माण ब्यवसायीहरुले आइतबार सडक डिभिजन कार्यालय,रौतहटमा कार्यालय घेराउ गरेका छन ।
चालु आर्थिक बर्षमा सम्पन्न गरेका विभिन विकास निर्माण को सम्पन्न गरेर कार्यालयमा पेश गरिएको विलको रकम भुक्तानी नगरेका भन्दै चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयमा विरोध कार्यक्रम तथा धर्ना मा बसेका हुन ।
निर्माण ब्यवसायी संघ,रौतहटले सडक डिभिजन कार्यालयको गेटमा विरोध स्वरुप टायर बालेका छन । रौतहट र सर्लाही दुई जिल्लामा संघिय भौतिक पुर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरु सन्चालन हुन्छ ।
कार्यालयले जिल्ला तथा अन्य जिल्लाका विभिन्न निर्माण ब्यवसायीको २५ करोड रुपैयाँ भन्दा बढि रकमको बिल भुक्तानी नगरेकाले बाध्य भएर सडक डिभिजनमा धर्ना र कार्यालय घेराउ गर्नुपरेको निर्माण ब्यवसायी संघ,रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए ।
,सम्झौता र कार्यादेश बमोजिम सवै काम सम्पन्न हुदापनि,कार्यालयले पैसा नआएको भनेर असार मसान्तसम्म प भुक्तानी नपाएको व्यवसायीको गुनासो छ ।
४० जना भन्दा बढि निर्माण ब्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन ।
,दुईवटा पुल र अन्य सडक निर्माण योजनाको रकम भुक्तानी नभएको बताईएको छ ।
,सडक डिभिजन रौतहटका प्रमुख दरोगा प्रसाद ले व्यवसायीलाइ दुखिएको,कमिशन अर्थात पिसीका लागि ब्यवसायीलाई दुख दिने गरेको आरोप निर्माण व्यवसायीको रहेको छ ।
सडक डिभिजन कार्यालयका नायव सुब्बा रुपलाल यादवले अर्थमन्त्रालयबाट पैसा निकासा नभएको बताउँदै सवै कुरा आफुले भन्न नसक्ने बताएका छन ।