Saturday, October 12, 2024

पशु सेवा विज्ञ केन्द्रले गर्यो वार्षिक समिक्षा

पछिल्लाे समाचार


रौतहट १ साउन । जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७९/२०८० सालको वार्षिक प्रगति समीक्षा गरेको छ ।
जिल्ला भेटेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट गौरले स्थानीय तहका पशु सेवा शाखा प्रमुखहरुको मासिक बैठक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी केही दिन अघि सम्पन्न गरेको छ ।
जिल्लामा रहेका १६ वटा नगरपालिका र दुई गाउँपालिकाका शाखा प्रमुखहरु पशु क्वाराइटेन औरैयाका प्रमुख, जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्रतिनिधि एवं कृषि अर्थविज्ञ विपलव गुप्ता सहित कर्मचारीहरुको उपस्थित रहेको थियो ।
कार्यालयकाे वार्षिक विनियोजन रकम संघीय सरकारकाे सशर्त ५७६, प्रदेश सरकार ६३६.७६ र प्रधानमन्त्री कृषि परियोजना पिएमएनएमपि २०.८० को रकम विनियोजित गरिएको हो ।
गत आवमा गाई २३०, भैसी २०६ र बाख्रा १०४ जनालाई गर्भाधारण सुई लगाएको छ।
अस्पताल पशु सेवा केन्द्रका शाखा प्रमुख विरेन्द्र पटेलले पशु पनि स्वस्थ्य रहनु मुल नारा रहेको बताए ।
मत्यस्य पोखरी निमार्ण र दुध डेरी संचालन अनुदानमा काम भएको पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख इन्द्रदेव साहले जानकारी दिएका छन ।
गत आवमा १८ पालिका मध्ये तीन वटा पालिकाका प्रमुखहरु लाइ कदरपत्र प्रदान गरिएको थियो ।
चन्द्रपुर नगरपालिकाका दुर्गा प्रसाद चिमोरिया, बृन्दावन नगरपालिका ओम प्रकाश मल र राजदेवी नगरपालिकाका अनुठा साहलाई कदरपत्र प्रदान गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु