Friday, May 24, 2024

प्रदेश सांसद भट्टराई द्वारा सम्पन्न योजनाको उद्घाटन

पछिल्लाे समाचार


रौतहट १४ साउन । चन्द्रपुर नगरपालिका वडा नं. १ मा प्रदेश सांसद सदस्य युवराज भट्टराई(समिर)ले सडक,पुल तथा क्यानलको उदघाटन गरेका छन ।
चन्द्रपुर नगरपालिका वडा नं. १ बागमतीदेखि नेपालटोलसम्म जाने करीव २ सय मिटर पक्की ढलान, सोही स्थानमा पर्ने २ वटा पुल तथा ४ सय ८५ मिटर क्यानलको उद्घाटन भएको हो ।
प्रदेश सांसद भट्टराईले वडा नम्बर १ नेपालटोलका जनतालाई पक्की सडक तथा पुल निर्माणको लागि डिभिजन सडक कार्यालय तथा बागमती सिंचाई आयोजनासंग सहकार्य गरि योजना अघि बढाएका हुन ।
प्रदेश सांसद भट्टराईले वडाको विभिन्न स्थानमा खोल्सीले कटान गरेको जनगुनासो पछि आफुले बागमती सिचाइ आयोजनासंग सहकार्य गरेर खोल्सीले कटान गर्दै आएको भुभाग बचाउनका लागि करीव ४ सय ८५ मिटर खोल्सीको दायाबाया आरसिसी क्यानल निर्माण गरेको बताए ।
सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष टिका आचार्य, उपाध्यक्ष चेत बोलखे, प्रमिला राना,गणेश राउत, लक्ष्मण न्यौपाने, श्रीराम न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघका रौतहट जिल्ला अध्यक्ष बेदहरी दाहाल लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु