Tuesday, April 22, 2025

बिधुत प्राधिकरण गौर शाखाले करिव ६ करोड महशुल र जरिवाना अशुल्यो

पछिल्लाे समाचार


रौतहट १० साउन । नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले असार मसान्त सम्ममा ग्राहकहरुबाट करिव ६ करोड रकम असुल गरेको छ ।
शाखाले लामो समय सम्म महशुल भुक्तानी बाकी राखेका १ हजार ६ सय ६५ ग्राहकबाट ५. करोड ९० लाख २५ हजार ४ सय ७० रुपैया असुल गरेको गौर शाखाका प्रमुख ईन्जीनियर विजय महतोले बताए ।
लामो समय सम्म बक्यौता राखेका मध्ये १ हजार ५ सय १५ जनाले पुनः लाईन जोड्दा सो रकम अशुल भएको हो ।
उदा सो रकम असुल भएको उनले बताए ।
यसै गरी मसान्त सम्ममा विद्युत चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारवाही गर्दा गौर शाखाले ५८ लाख ५२ हजार २ सय ६६ रुपैया समेत असुल गरेको छ ।
यस्तै तारमा हकिंग गरि विद्युत चोर्ने विरुद्ध प्राधिकरणले कारवाही गरिरहेको गौर शाखाका प्रमुख ईन्जीनियर महतोले बताए ।
शाखाले प्रहरीको सहयोगमा विद्युत चुहावट गर्ने २ सय ५२ जनालाई पक्राउ गरि कारवाही समेत गरेको जनाएको छ ।
मिटर भएर पनि विद्युत चोर्ने १ सय ८३ जनालाई कारवाही गरेको वितरण केन्द्रले जनाएको छ ।
चुहावट गर्ने व्यक्तिहरुको साथबाट पानी तान्ने मोटर लगायतका विभिन्न विद्युतिय उपकरण तथा तारहरु समेत बरामद गरिएको छ ।
प्राधिकरणले कालोसूचीमा परेका ग्राहकबाट १५. लाख ८७ हजार २ सय २४ रुपैया बक्यौता असुल गरेको छ । यस आर्थिक वर्षमा प्राधिकरणले थप ५ हजार ६ सय ६५ नयाँ ग्राहक को लाइन जोडेको छ ।
लाइन जोडदा वापतको सेवा शुल्क १२ लाख ७८ हजार ८ सय ८३ रुपैया उठाएको प्रमुख महतोले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु