Sunday, January 26, 2025

मिटर ब्याजको करीव ३ सय उजुरी छिनोफानो

पछिल्लाे समाचार


रौतहट ९ साउन । जिल्ला प्रशासन रौतहटमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी २ हजार ७८ उजुरी परेकोमा २ सय ७७ मुद्दाको फर्छ्योट भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार दैनिक सरदर १० वटा भन्दा बढी उजुरी माथि छलफल हुने गरेको छ ।
मिटर ब्याज उजुरीमाथी छलफल गर्दा दुवै पक्षलाई बोलाउने र छानविन गरि टुंगो लगाउने गरेको जिल्ला प्रशासनले जनाएको छ ।
मिटर ब्याज सम्बन्धी उजुरी माथि छलफल गरी टुंगो लगाउन कर्मचारीहरुको एउटा छुट्टै टोली गठन गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । उनका अनुसार दुबै पक्षलाई बोलाएर ४ सय २ उजुरीमाथी छलफल गर्दा २ सय ७७ उजुरीको टुंगो लागिसकेको छ ।
मिटर ब्याज सम्वन्धी अझै उजुरी बाँकी रहेकाले छलफल गरी टुंगो लगाउने कार्यलाई तीव्रता दिइएको उनले बताए ।
मिटर ब्याज सम्बन्धी परेको उजुरीमाथि छलफलका लागि बोलाउँदा नआउनेलाई ऋणी वा साहु दुवैलाई पक्राउ गरी ल्याउने र दुवै पक्ष बिच रकम लेनदेन बारे आपसी सहमति तथा समझदारी गरेपछि मात्र छाड्ने गरेको उनको भनाई छ ।
छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्धा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको प्रशासनले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु