मुकेश कुमार साह, रौतहट २६ असार । रौतहटको बृन्दावन नगरपालिका वडा न.८ बहुअरीमा दुई कोठे दलित भवनको एक समारोहबीच उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकारका सामाजिक विकाश राज्यमन्त्री शेख अबुल कलाम आजाद (फुलबाबु) को प्रमुख आतिथ्यतामा सो भवनको उद्घाटन गरिएको हो ।
उक्त भवन उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री फुलवावुले दलित भएकै कारण राज्यको मुल प्रवाह बाट शताब्दीऔ देखि बिभेद खेप्दै आएको दलित समुदाय अहीले पनि शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पछाडि पारिएको बताए । उनले दलित समुदायका हक, अधिकारको व्यवस्था गरेको भएता पनि जातका नाममा अहीले पनि दलित समुदायले विभेद, छुवाछूत, गालीगलौज, बहिस्कार जस्ता छुवाछूतका जघन्य अपराधका कैयौं घटना अहीले पनि भइरेहको र यसको अन्त्य लागि सवैले आ-आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरे । कार्यक्रमका बिशिस्ट अतिथी बृन्दावनका पुर्वमेयर रामस्नेहि राय यादवले दलित समुदायका लागि प्रदेश सरकारले प्रथामिकतामा राखेको भन्दै खुसी व्यक्त गरे । उनले दलितको लागी स्थानिय सरकारपनी गम्भिर हुनुपर्नेमा त्यस्तो नपाएकोले यसलाई सच्याएर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा बृन्दावनकी उपमेयर संगीता देवी रामले आफु दलित भएकै कारण आफ्नो अधिकार कटौती गरेको सुनाए । आफुले यहि समाजको प्रतिनिधित्व गर्दै उपमेयरमा बिजय भएपनी आफ्नो हक-अधिकारको लागी नगरपालिकामा संघर्ष गरेर एक बर्ष बितेकोले केहि गर्न नसकेको सुनाए । यद्यपि उनले अव आउदो दिनमा दलित समुदाय र समग्र नगरपालिकामा बिकासको लागी अग्रणी भुमिका खेल्ने बताए । समाजिक बिकास मन्त्रालय, सामाजिक विकाश इकाईको २४ लाखको योजनामा सो भवन बनेको नेकपा एसका नेता तथा मुस्लिम इतेहाद संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष सलामुदिन दर्जीले बताए । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका दर्जीले यस दलित भवनको लागी निक्कै दौडथुप गर्नुपरेको बताए । उनले वडा न.८ मा बनेको यस भवनमा वडा अध्यक्षको सहयोग हुनुपर्नेमा वडाअध्यक्ष रविन्द्र प्रसाद साहले उल्टै निरुत्साहित गरेको आरोप लगाए । अनेक अड्चनका बिच भवन सम्पन्न भएकोमा उनले खुसी ब्यक्त गरे । अध्यक्ष दर्जिले भवन निर्माणमा बृन्दावन नगरकार्यपालिकाका सदस्य राजेश कुमार पासवानको समेत बिशेष भुमिका रहेकोले धन्यवाद दिए ।
भवन निर्माणले दलित समुदायमा बिहे, ब्रतबन्ध, लगायत अन्य समाजिक कामकाज गर्नका लागि निकै समस्या सृजना हुने भएको हुदा सो समुदायको समस्या समाधानमा सहजताका लागि आफ्नो सहयोग रहेको कार्यपालिका सदस्य राजेश निर्माणीले बताए । कार्यक्रममा बृन्दावन नगरपालिकाको नगर उप–प्रमुख संगिता देवी राम ,पुर्वनगर प्रमुख रामस्नेहि राय यादब ,बिभिन्न वार्डका वडाअध्यक्ष ,बुद्धीजिवि ,नागरिक समाज लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।