Monday, December 9, 2024

श्रीराम सुगर मिल्सको जग्गा विक्रीमा राेक लगाउने उखु उत्पादक संघ राैतहटको निर्णय

पछिल्लाे समाचार


राैतहट १२ साउन । उखु उत्पादक संघले श्रीराम सुगर मिल्स लिमिटेडको जग्गा विक्री सम्बन्धि चलखेल राेक्ने निर्णय गरेको छ ।
सुगर मिल्सको जग्गा सम्बन्धित निकायसंग सहयोग लिई बिक्रीमा रोक लगाउने निर्णय भएको ऊखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।
ऊखु उत्पादक संघका अध्यक्ष अशाेक यादवकाे अध्यक्षतामा गरूडामा भएको सर्वदलिय वैठकले श्रीराम सुगर मिल्स ( चिनि मिल को उपकरण, मेसिन) र जग्गा समेत बिक्री गर्न नदिने निर्णय गरेकाे हाे ।
मिल्स व्यवस्थापन पक्षबाट विभीन्न किसिमको चलखेल भईरहेकोले रौतहटको किसान र व्यवसायी मिली यसलाइ रोक्न सम्बन्धीत निकायको ध्यानआकर्षण गराउने भएकोछ ।
स्थानिय सरकार,उखु उत्पादक संघ,उधोग वाणिज्यसंघ सहित विभिन्न संघ सस्था,विभिन्न राजनैतिक दलको नेता,युवा,किसान,समाजसेवीले श्रीराम सुगर मिल्स ( चिनिमिल मेसिन ) लाइ बचाउनको लागी एकजुट हुन आह्ववान गर्ने बैठकले निर्णय गरेको अध्यक्ष यादवले बताए ।
सो बैठकमा नेपाली कांग्रेसका नेता सुनिल कुमार यादव , नेकपा एसका नेता वृज किशाेर यादव ,नेकपा एमालेका नेता रामजी साह,सहितका गरुडा नगरपालिका सबै वडा अध्यक्ष , स्थानिय समाजसेवी , व्यापारीकाे बैठकमा सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु