Thursday, June 13, 2024

सुतिरहेका यूवकको हत्या ,

पछिल्लाे समाचार


रौतहट २९ असार । घरेलु हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । रौतहटको जिल्लाको देवाहिगोनाहि नगरपालिका ६ कर्कचकर्मैया टोलका ३५ बर्षिय जगरनाथ साह को शुक्रबार राति धारीलो घरेलु हतियार प्रहारबाट मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय देवाहिगोनाही का प्रहरी निरीक्षक गोविन्द साहले मृतक साहको घाँटीमा घरेलु हतियार प्रहार गरी हत्या गरेको बताए ।
मृतक साह , उनकी श्रीमती र छोरी राति सङ्गै सुतेकाे अवस्थामा हत्या भएको प्रहरी निरिक्षक साहले बताएका छन ।
मध्यराती मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले साहलाई बोलाएको र अर्को कोठामा हत्या भएको प्रहरीको भनाइ छ ।
घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय देवाहीगोनाही ले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु