Monday, June 24, 2024

गांजा सहित बागमती बाट मानिस पक्राउ

पछिल्लाे समाचार


चन्द्रपुर २६ साउन । लागू औषध सहित चन्द्रपुरमा मानिस पक्राउ परेका छन ।
साउन २५ गते साझ ५ बजे तिर चन्द्रपुर न.पा.वडा नं.१ क्यान्टिन बजार का बर्ष ५० को पुर्ण बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा अवैध लागु औषध गाँजा बिक्री बितरण गरिरहेको छ, भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले घरकोठाको खान तलासी लिँदा भान्सा कोठा भित्र हरियो रंगको जेव्रा झोला र निलो रंगको ड्रममा लुकाई छिपाई राखेको अबस्थामा ४ पोकामा रहेको १६ किलो लागु औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिएका छन ।
तामाङलाई पक्राउ गरी रौतहट जिल्ला अदालत गौरवाट लागु औषध सम्बन्धी कसुरमा म्याद थप गरि थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु