Saturday, March 2, 2024

चन्द्रपुर नपाको नदि उकास खाली जमिनमा वृहत वृक्षारोपण

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

रौतहट २३ साउन । नदि उकास जमिन र खालि रहेको वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गतका नदि उकास र वन फडानी भएको करिव १० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको हो ।
अक्सफाम इन नेपालको आर्थिक सहयोगमा ग्रामीण विकास केन्द्र नेपालको समन्वय माचन्द्रपुर नगरपालिका वडा नं.१, २, ३,४ र ६ मा नेपालमा जलवायु परिवर्तन अनुकुलन तथा पैरवी परियोजना अन्तर्गत वृक्षारोपण गरिएको हो।
कार्यक्रममा चन्द्रपुर नगरपालिका, डिभिजन वन कार्यालय, राष्ट्रपती चुरे तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यन्वयन एकाइ जनकपुरधाम, वीर दल गण, सामुदायिक वन उपभोक्ता समिति, न्यू कालापानी युवा क्लबको सहकार्यमा विभिन्न प्रजाातीका फलफुल, बाँस लगाएयतका ९ हजार ३ सय ४० विरुवा रोपिएको आरडिसि नेपालका समाजिक परिचालक ज्योती फुयालले जानकारी दिएकी छिन ।
बागमती सामुदायिक वन, प्रगतिशित महिला सामुदायिक वन, जागृती महिला सामुदायिक वन, जनहित महिला सामुदायिक वन, वनटोल वन,जनचाहाना सामुदायिक वन, कालापानी सामुदायिक वन, नवदुर्गा सामुदायिक वन आदर्श सामुदायिक वन, क्लब, विद्यालय, मन्दिर गरी १३ स्थानमा विरुवा रोपिएको सामाजिक परिचालक फुयालले बताइन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु