Friday, May 24, 2024

च्यारिटी ट्रष्ट चन्द्रपुर द्वारा आयोजित रक्तदान कार्यक्रममा १७ जनाले गरे रक्तदान

पछिल्लाे समाचार


रौतहट २६ साउन । च्यारिटी ट्र्स्ट चन्द्रपुर द्वारा संचालित रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन ।
चन्द्रपुर अस्पताल प्रा.लि,को प्राबिधिक सहयोग र जिल्ला ट्राफिक कर्यालय चन्द्रपुर ,शसस्त्र प्रहरी बल सन्तपुर ,राइजिङ नेपाल एकेडेमी ,नमुना इङग्लिश अवासिय स्कुल को समन्वयमा शुक्रवार कार्यक्रम आयोजना गरिएको हो ।


रक्तदाता, सहयोगि संघसस्था लाई च्यारीटी ट्रष्ट का अध्यक्ष अजय कुमार साहले धन्यवाद दीएका छन ।
सुरक्षाकर्मी,शिक्षक, राजनितिक कर्मी ,बिधार्थी ,समाजसेवीहरुले रक्तदान गरेको ट्रष्ट का सचिव पन्चरत्न शाक्यले जानकारी दिए ।
“सेवा धर्म हो, मन, बचन र कर्मले सेवा गरौं रक्तदान जीवनदान भन्ने भावले कार्यक्रम आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।
हाम्रो एक थोपा रगतले कसैको जीवन बचाउन सकिन्छ भने सवै मिलेर रक्तदान गर्न आयोजक सस्थाले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु