Monday, October 7, 2024

नदीहरुमा पानी बढेपछि सतर्क रहन आग्रह

पछिल्लाे समाचार


रौतहट,२३ साउन । दुइदिन देखी परेको पानीका कारण रौतहटमा नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । बागमती खोलामा आएको बाढी चन्द्रपुर १ मा रहेको नुनथर क्षेत्रका केही घर तथा पसलमा पसेको छ । नुनथर स्थित बागमती छेउमा पसल राख्न बनेका एक दर्जन घरमा बाढी पसेको हो ।
बागमतीको बहाव बढेको स्थानीय बासिन्दाले बताए । चाँदी र बकैया खोलामा समेत पानीको बहाव बढदै जान थालेको स्थानियले बताएका छन ।
रौतहट जिल्लाकाे बाग्मती ,लालबकैया र झाँझ खोला, चादी नदिमा पानीको सतह बढेको छ ।
नदिमा पानी स्तर बढे संगै आउने सम्भावित खतराबाट जोगाउन एवं समस्यामा परेका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी लाई र उद्दार सामाग्री तयारी अवस्थामा राखिएको जिल्ला बिपत ब्यावस्थापन समिती रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु