Saturday, February 24, 2024

नुहाउन गएका एक युबक बाढीमा बेपत्ता

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


रौतहट १३ भदौ । वागमती नदीमा नुहाउन गएका एक युवक बेपता भएका छन ।
नदिमा नुहाउँदै टिकटक बनाउदै गरेका एक युवक मंगलबार दिउँसो बगेर बेपत्ता भएका हुन ।
बेपत्ता हुनेमा रौतहटको माधवनारायण नगरपालिका-४ मानपुर माईदिया टोलका २३ वर्षीय छोरा सुनिल पासवान छन् ।
नदीमा नुहाउन सुनिल सगै तीन जना गएका थिए । दुई जना सकुशल छन् ।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । गौरका डीएसपी उमाशंकर यादवले खोजी जारी भए पनि फेला नपरेको बताए ।
प्रहरीका अनुसार सुनिलसँगै उनका बहिनीज्वाइँ पवनकुमार पासवान र १२ वर्षीय सुदीपकुमार पासवान थिए ।
नदी नियन्त्रणका लागी बनाइएको स्पर नजिक पवन र सुनिल पौडी खेल्दै टिकटक बनाउदै थिए भने १२ वर्षीय सुदीप कम पानी भएको स्थानमा नुहाइरहेका थिए ।
टिकटक बनाउने क्रममा ठूलो बाढीको छालले बगाएको र पानीको बहाव बढेकोले खोजीगर्न समस्या भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु