रौतहट २३ साउन ।नेकपा एमाले रौतहटले किसानका समस्या र बढदो महंगीका बिरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।
नेकपा एमाले रौतहटले (आज)मंगलवार दिउसो जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश पटेलले जानकारी दिएकाछन् ।
किसानका बिभिन्न समस्या अनि बढ्दो महंगीका विरुद्ध ज्ञापनपत्र बुझाने तयारी भएको प्रमुख पटेलले बताए ।
कृषि तथा पशुपालन गर्न चाहाने युवायुवती लाई ब्यवसायिक सम्बन्धि अभिमुखिकरण तथा आधारभुत तालिम निशुल्क गराउनुपर्ने ,व्यवसाय गरिरहेका कृषकलाई क्षमता अभिवृद्धि तालिम दिने व्यावस्था गर्नुपर्ने ,ब्यवसाय दर्ता तथा नविकरण सहजताको लागि स्थानीय तहमा घरेलुको ईकाई स्थापना गनुपर्ने ,किसानलाई सहुलियत ऋण र अनुदानको ब्यवस्था गर्नु पर्ने , अनुदान दिँदा उत्पादनमा आधारित अनुदान दिने जस्तै दुधमा प्रतिलिटर र अन्य उत्पादनमा पनि उत्पादित वस्तुको ईकाई मापन गरि निश्चित रकम तोकेर अनुदान दिनुपर्ने लगाएतका माग राखेर नेकपा एमाले ले जिल्ला प्रशासन कार्यलय रौतहट मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र दिने कार्यक्रम राखेको छ ।