Sunday, January 26, 2025

नेकपा एमाले रौतहटले विभिन्न १३ बुदे माग राखी ज्ञापन पत्र बुझायो

पछिल्लाे समाचार


रौतहट २३ साउन ।नेकपा एमाले रौतहटले बिभिन्न बिषय सुधारको माग राखी जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ ।
मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने । पिडित किसानहरुलाई सम्बोधन हुने गरी तुरुन्त विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने । किसानलाई सिचाइ तथा मलबाद सरल र सहज उपल्बधताको सुनिश्चिता गर्नुपर्ने । किसानले बैंकबाट लिएको ऋणको व्याज मिनाहा गर्नुपर्ने ।. लस्की स्किनबाट ज्यान गुमाएका पशुहरुको क्षतिपूर्ति तुरुन्त किसानहरुलाई प्रदान गर्नुपर्ने । लम्की स्किन विरुद्धको निःशुल्क पर्याप्त खोपको तुरुन्त व्यवस्था गर्नुपर्ने ।. लम्भी स्किन रोग निदान तथा नियन्त्रणको लागि दक्ष प्राविधिकहरु तुरुन्त परिचालन गर्नुपर्ने । सिंचाइको सुविधाको लागि डिप बोरिङ तथा अन्य वैकल्पिक उपायको व्यवस्था गर्नुपर्ने । किसानहरुका लागि निःशुल्क उन्नत विउविजनको व्यवस्था गर्नुपर्ने । कृषि विद्युतीकरणसँग आवद्ध भएका किसानहरुका लागि चौविसै घण्टा विद्युत आपूर्तिको व्यवस्था गर्नुपर्ने । किसानहरुको यो वर्षको सम्पूर्ण विद्युत महशुल मिनाहा गर्नुपर्ने । मधेस प्रदेशका ८ वटै जिल्लामा एक/एक वटा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्ने। गैर कानूनी रुपमा भइरहेको खोला उत्खनन तथा क्रसर उद्योग संचालनको नियमन गर्नु पर्ने १३ वटा माग राखेर ज्ञापन पत्र बुझाएको छ ।


ज्ञापन पत्र बुझाउन केन्द्रीय सदस्य अजय गुप्ता,रेखा कुमारी झा , जिल्ला संयोजक सचिदा नन्द साह, मधेश प्रदेशका सांसद सांसद जय चन्द्र प्रसाद पटेल, एमालेका जिल्ला तहका नेताहरु रुपेश पटेल प्रेमशंकर यादव,अन्शु सिंह, उपेन्द्र राय लगाएतका नेताहरु गएका छन ।
मंगलवार दिउसो जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश पटेलले आम जनताको चासो र समस्या लाई मध्यनजर गरि ज्ञापन पत्र बुझाएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु