Saturday, March 2, 2024

बाढीले बगाउदा एक बृद्धको मृत्यू, केही मानिसको उद्दार,

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

रौतहट २३ साउन । खेतमा काम गरेर घर फर्कदै गर्दा वागमती नदीमा आएको बाढीले बगाउदा एक बृद्धको ज्यान गएको छ ।
गढीमाई नगरपालिका वडा नम्वर २ का ६५ बर्षिय सहिद राय भाँट वागमती नदी पारी सर्लाही बरहथवा नगरपालिकाको वडा नम्वर ४ स्थित खेतमा काम गरेर फर्किगरेको अवस्थामा दिउसो १२ बजे तिर डुबेर मृत्यु भएको स्थानीयले बताएका छन ।
भाँटलाई डुविरहेको अवस्थामा स्थानीयले उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पतालमा पठाउदा चिकित्सकले मृत घोषणा गरेको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले बताएका छन ।
विभिन्न स्थानमा मा बाढीमा फसेका ११ जना लाई सुरक्षाकर्मीले उद्दार गरेको छ ।
फतुवाविजयपुर न.पा.वडा नं.-८ बुनियाँद गाउमा वर्षाको कारण ५० घर भन्दा बढी मा पानी पसेको र एक ६५ बर्षिय लालबहादुर चौधरी पानीमा डुब्दै गरेको अवस्थामा स्थानिय को सहयोगमा प्रहरीले उद्दार गरेका छन ।
मंगलवार विहान गोठाला गएका राजपुर नपा ३ फतुवा महेशपुरका ३ जना युवकहरु लालबकैया नदीको भङ्गालोमा फसेकालाई सुरक्षाकर्मीले उद्धार गरेका छन ।
परोहा नगरपालिका ४ पोखरिया स्थित लालबकैया नदीमा ४ जना गोठाला फसेको खवर पछि उद्धार गर्न बोट सहितको सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो ।
यस्तै मौलापुर नगरपालिका १ मर्यादपुर स्थित बाकैया नदीको बाढीमा परेपछि जोगिन रुखमा बसेका युवकलाई समेत प्रहरीले उद्धार गरेको छ ।
दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा बागमती र झांझ खोलाको बाढीले गाउँ वरिपरिका क्षेत्र डुबान गरेको छ जिल्लाका अन्य नदि तथा खोलाहरु मा पानीको सतह बढेको छ ।
वागमती नदीमा आएको बाढिबाट दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिका को सयौं विगहा खेति गरिएको जग्गा डुबानमा परेका छन ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी गाउँ भन्दा दक्षिण भएर बागमतीको बाढी प्रवेश गरेको छ । बाढीले धान खेत डुबानमा परेको छ ।
गौर गंगापिपरा सडक खण्डको दुबै तर्फ बाढीको पानी बढेको छ ।
झाझ नदिमा ठूलो बाढी आएकोले सतर्क रहन आग्रह गरिएको छ ।
वागमती नदीको बाढीले दुर्गा भगवती ३ र ५ मा बाँधलाई क्षति पुर्याउने सम्झावना बढि रहेको स्थानीयले बताएका छन ।
लाल बकैया नदीमा पनि ठूलो बाढी आएको हुँदा खोला किनारमा नजान तथा बाढिबाट जोगिन स्थानीय तह र स्थानीय प्रशासनले आग्रह गरेको छ ।


दुइदिन देखी परेको पानीका कारण रौतहटमा नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । बागमती खोलामा आएको बाढी चन्द्रपुर १ मा रहेको नुनथर क्षेत्रका केही घर तथा पसलमा पसेको छ । नुनथर स्थित बागमती छेउमा पसल राख्न बनेका एक दर्जन घरमा बाढी पसेको हो ।
बागमतीको बहाव बढेको स्थानीय बासिन्दाले बताए । चाँदी र बकैया खोलामा समेत पानीको बहाव बढदै जान थालेको स्थानियले बताएका छन ।
रौतहट जिल्लाकाे बाग्मती ,लालबकैया र झाँझ खोला, चादी नदिमा पानीको सतह बढेको छ ।
नदिमा पानी स्तर बढे संगै आउने सम्भावित खतराबाट जोगाउन एवं समस्यामा परेका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी लाई र उद्दार सामाग्री तयारी अवस्थामा राखिएको जिल्ला बिपत ब्यावस्थापन समिती रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु