Thursday, April 30, 2026

रौतहटमा आत्महत्याको डरलाग्दो तथ्याङ्क

पछिल्लाे समाचार


रौतहट, २४ साउन । रौतहट जिल्लामा आत्महत्याको घटनाले विकराल रुप लिदै गएको प्रती सरोकार बालाहरुले चिन्ता ब्यक्त गर्न थालेका छन।
जिल्ला मा करिव दुई महिनामा २९ जना पुरुष महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याँकमा उल्लेख छ ।
पछिल्लो घटना बौधीमाई नगरपालिका वडा नम्वर २ इनर्वा गाउँका २२ बर्षिय रामदिनेश पटेल र निजको २० बर्षिया श्रीमती गिताकुमारी पटेल शनिवार साँझ ६ बजेको समयमा घर भित्र एउटै पासोमा दुबै जना झुण्डिएर आत्महत्या गरेका छन् ।
पटेल दम्पती एउटै पासोमा आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।
चरम आर्थिक संकट, मानसिक तनाव, विरामी, घर झगडा, घरेलु हिंसा, रौतहट जिल्लामा आत्महत्या एउटा विकराल रुप लिदै गएकाे मनो चिकित्सकहरुले बताउदै आएका छन ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता एवं इन्सपेक्टर उमाशंकर प्रसाद गुप्ताका अनुसार साउन महिनामा १३ र भदौं महिनाको २३ गते सम्म १६ गरेर शनिवार सम्म २९ जनाले आत्महत्या गरेका छन ।
चन्द्रपुर नगरपालिकामा ९ र गुजरा नगरपालिकामा २ जना गरेर इप्रका चन्द्रपुरको क्षेत्र भित्र ११ जनाले आत्महत्या गरिसकेको इप्रका चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
आत्महत्या गर्न मन लागेको कुरा बारम्बार गरिरहनु, . जीवन नै व्यर्थलागेको कुरा बारम्बार गर्नु, ,. जीवनमा समस्या नै समस्या रहेको कुरा गर्नु र समाधान नभएको कुरा गर्नु, ,साथीभाइ र परिवारबाट टाढा बसीरहनु, ,. अत्याधिक जोखिमयुक्त कार्य गर्नु, , अत्याधिक रुपमाव्यवहारमा परिवर्तन देखाउनु (एकैछिनमा दुःखी तथा एकैछिनमा सुखी देखिनु) ,आत्महत्या गर्न मिल्ने सामानहरु विना कारण किन्नु खानेबानी तथा सुत्ने बानीमा परिवर्तन हुनु जस्ता ववहार बाट पनि बुझ्न सकिन्छ ।
आत्महत्या गर्न सकिने सामानहरुमा विशेष ध्यान पुर्‍याउने र कसैले नभेट्ने स्थानमा राख्ने, सामाजिक रुपमा आत्मविश्वासको जगेर्ना गर्ने ,. आत्महत्या गलत हो भनेर प्रचार प्रसार गर्दा कमी आउने मनो चिकिन्सकहरुको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु