Tuesday, April 28, 2026

भारतिय लाई नेपाली नागरिकता बनाइदिने बिचौलिया पक्राउ

पछिल्लाे समाचार


रौतहट,२७ भदौ । भारतीय नागरीक लाई नेपाली नागरीकता बनाउन भुमिका खेल्ने एक जना बिचौलिया पक्राउ परेका छन ।
चन्द्रनिगाहपुरमा फलफुलको व्यापार गर्दै आएका भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिने नैमुद्धिन पक्राउ परेका हुन ।
चन्द्रनिगाहपुरको टेकानटोल जाने बाटोमा फलफुल र अण्डाको व्यापारी नैमुद्धिनलाई सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेर सर्लाही प्रहरीमा बुझाएको छ ।
पछिल्लो समय नैमुद्धिनसंग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका दर्जनौ ब्यक्ति फरार भएका छन् ।
भारतको बिहार घर भइ चन्द्रनिगाहपुरमा ठेला चलाउदै आएका एक जनाको परिवार बिचल्लीमा परेको छ । ठेला मजदुर भागेका छन ।
बिचौलिया नैमुद्धिन फक्राउ परेपछि आफुहरु पनि पक्राउ पर्ने डरले झुटो बिबरण पेश नेपाली नागरिकता लिएका भारतीयहरुको भागाभाग भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु