Tuesday, April 28, 2026

कटहरीया र परोहा मा ३ घरमा लुटपाट

पछिल्लाे समाचार


रौतहट २२ मंसिर । कटहरिया मा गए राति तीन वटा पसल बाट नगद र सामान चोरी भएको छ ।
प्रहरी गस्ती टोलीले एक जना चोरलाई केही नगद र सामान सहित पक्राऊ गर्न सफल भएको छ।
कटहरिया बजारको हनुमान मन्दिर छेउ इलाका प्रहरी कार्यालय नजिकै शिवशङ्कर साह तेलीको गल्ला पसलको मूल गेटमा लगाइएको तीन वटा ताला फोडेर बिहीबार मध्यरात चोर पसेका थिए।
पसल भित्र रहेको पैसा राख्ने बक्साबाट झन्डै एक लाख रुपैयाँ चोरी भएको छ ।
कटहरिया नगरपालिका भवन छेउ मूल सडकमा रहेको दुईवटा काठको फोडेर चोरले पान तथा कस्मेटिक पसलबाट नगद र विभिन्न सामान चोरी लागेका छन्।
चोरले दिनेश प्रसाद जायसवाल र अवध प्रसाद जैसवालको घुम्ती फोडेर एक जनाको नगद १५ हजार, र अर्काको नगद ३५, हजार तथा विभिन्न सामान चोरी लागेको पीडितहरुले बताएका छन्।
इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको गस्ती टोलीले गए राति करिब दुई बजेको समयमा चोरीको घटना भएको जैसवालको पसल छेउबाट भाग्दै गरेको अवस्थामा एक जना चोरलाई नगद र सामानसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका ५ कटहरियाका रामेश्वर राय यादव रहेको इलाका प्रहरी कार्यालयका सई रामछवेला यादवले बताए।
प्रहरीले लखेटेर पक्राउ गरेको आरोपी यादवको साथबाट करिब १५ हजार नगद र केही थान सेन्टको प्याकेट बरामद भएको सई यादवले जानकारी दिएका छन।
यस्तै परोहा नगरपालिका ३ तेजापाकाड टोलका इस्लाम अन्सारीको घरमा गए राति हतियारधारी समूहले लुटपाट गरेका छन् । लुटेरा समूहले घर बाहिर आएर एक राउन्ड हवाई फायर समेत गरेको अन्सारीका छिमेकीले बताएका छन।
घटनाबारे विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु