Monday, June 24, 2024

एमाले रौतहट को अध्यक्षमा साह, सचिवमा दाहाल

पछिल्लाे समाचार

रौतहट, २९ माघ । नेकपा (एमाले) रौतहटको अध्यक्षमा सचिदान्द साह निर्वाचित भएका छन ।
एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा साह १९३ मत ल्याइ बिजयी भएका हुन । अध्यक्ष पदमा उम्मेद्वार अखिलेश्वर चौधरी, ले १७४ मत पाएका छन ।
उपाध्यक्ष पदका लागि रुपेश कुमार पटेल १३६ मतले बिजयी भएका छन भने उपेन्द्र राय यादव ३१ मत, सुरेश कुमार राय यादव ८९ मत, मणिलाल सहनी ४४ मत , चन्दन कुमार कुश्वाह ३७ मत ,राम आशिष साहले १२ मत पाएका छन ।
यस्तै जिल्ला सचिव पदमा बाबुराम दाहालले २०२ मत पाई बिजयी भएका छन । उनका प्रतिस्पर्धी शिव प्रसाद आचार्य ले १४७ मत पाएका छन ।
उप सचिवमा अवधेश कुमार यादव १२९ मत ल्याइ बिजयी भएका छन ।
माघ २५ गते एमाले का अध्ययक्ष केपि शर्मा ओलीले उद्घाटन गरेको १०ओ जिल्ला अधिबेशनमा सहमती नजुटे पछि सोमबार मतदान भएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु