Thursday, June 13, 2024

किसानलाई सिचाई का लागि पम्प सहयोग

पछिल्लाे समाचार


रौतहट २८ माघ। आकासे पानीको भरमा खेति गर्दै आएका रौतहटका १३ जना किसानालाई साना सिचाईको सुबिधा उपलब्ध गराइएको छ l
कतार च्यारेटीको सहकार्य र ग्रामिण बिकाश केन्द्र नेपालको आयोजनामा संचालित नेपाल एकीकृत बिकाश कार्यक्रम अन्तरगत किसानलाई सो सुबिधा उपलब्ध गराईएको हो
रौतहट जिल्लाको दुर्गा भगवती ,यमुनामाइ गाउपालिका र गौर नगरापालिकामा संचालित उक्त कार्यक्रमको क्रममा किसानलाई अत्याधुनिक सुबिधा सहितको पम्पहरू जडान गरिएको छ l
बिपन्न साना किसानहरुलाई लक्षित गर्दै सो परियोजना संचालन गरिएको थियो l
किसानहरुले पानि नपरेको बेला अति खर्चिलाे विधिबाट सिचाई गर्दै आएकोमा अब दिनमा सिचाई सेवा सस्तो हुने बताईएको छ ।
सिचाईको ब्यबस्था भएकोले उत्पादन बढ्ने र लागत घट्ने अनुमान गरिएको छ l
कृषक समुह बनाई सो सहयोग गरिएको र जडान भएका पम्पहरुबाट दसौ बिगाह खेतमा सिचाईको सुबिधा पुगेको कार्यक्रम प्रबन्धक बालकृष्ण झाले जानकारी दिएका छन l

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु