Monday, June 24, 2024

गौर अस्पतालको ईमरजेन्सी कक्षमा पुगेका मन्त्री सिंह किन रिसाए !

पछिल्लाे समाचार

संजय सहनी
रौतहट २८ माघ । शनिबार पौने १२ बजे झण्डा सहितको गाडि रौतहटको गौर अस्पतालको परिसरमा आईपुग्यो।
अस्पताल अगाडि अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष, र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर सहित विभिन्न कर्मचारी माला खादा लिएर उभिएका थिए।
अस्पतालमा शनिवार रक्त संचार केन्द्र (ब्ल्ड बैंक )र फ़ोहोर मैला ब्यस्थापन केन्द्रको उदघाट्न कार्यक्रम राखिएको थियो।
कार्यक्रमको उदघाट्न गर्न मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह आएका थिए ।
मन्त्री सिंह गाडिबाट ओलर्ने बितिकै माला खादाले स्वागत गर्नेको लर्को लाग्यो ।मन्त्रीले पहिला काम हेरौ,माला र खादा पछि ग्रहण गरौला भन्दै अघि बढे।


गौर अस्पताल राजनिति खिचातानीले मेडिकल सुपरिटेन्डेन्ट बिहिन थियो।
केहि दिन अगाडि मात्रै मन्त्री सिंहले विभिन्न राजनिति चुनौती सामना गर्दै निमित्तको रुपमा डा. मुरारी ठाकुरलाई पठाएका रहेछन् ।
डा. ठाकुरको आवागमन भए पछि अस्पतालमा रक्त सन्चार केन्द्र र फोहोर मैला ब्यबस्थापन केन्द्र स्थापना गरिएको रहेछ।
मन्त्रीले सुरु मै रक्त सन्चार केन्द्रको उदघाटन गरे र त्यहाँ देखिएको कमिकमजोरी सहित भौतिक संरचनालाई थप सुधार गर्न निर्देशन समेत दिए ।
त्यस पछि पालो फ़ोहोर मैला ब्यबस्थापन केन्द्रको उद्घघाटन गर्ने तर मन्त्री सिंह ईमरजेन्सि तर्फ अघि बढे ।
इमरजेन्सी पुगेपछि मन्त्री सिंहले गौर अस्पतालको बास्तबिकता दृश्य देखेपछि झन्नक झन्न्किए।
बिना ड्रेस एक पाकाे उमेर भएका कर्मचारी हातमा सिरिन्ज लिएर बिरामीलाई सिरिन्ज लगाउने तर्खरमा थिए।
मन्त्रीले रोक्दै सोधे तपाई को हो ? कर्मचारीले जवाफ दिए – म पिउन(कार्यालय सहयोगी) हो हजुर।अनि मन्त्री सिंहले अहिले डिउटिमा को छ? भनी प्रश्न गरे ।
अलि वरबाट एक जना कर्मचारीले एक छिन अलमलमा परेर हो हजुर भनेर मन्त्रीलाई जवाफ फर्काए ।
मैले दबाई मात्रै मिलाउन भनेको भनेर ती कर्मचारीले ढाँटे तर कर्मचारीले बोलेको झुटो कुरा मन्त्रीले सजिलै थाहा पाए।
गौर अस्पतालमा कार्यालय सहयोगीलाई डिउटीमा राखेर कामै नगरी तलब खाने र जनताको स्वास्थ्य सङ्ग खेलवाड गर्ने काम धेरै समय देखि सुन्दै आएको तर आफ्नै आखाले हेरियो भन्दै मन्त्रीले भने-” यस्तो पनि लापरबाही हुन्छ ? कार्यालय सहयोगीको काम सिरिन्ज दिने हो भने डाक्टर केका लागि ? मन्त्री प्रश्न गरे ।


संगै थिए अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष अनवर हासमी र मेसिकल सुपरिटेन्डेन्ट डा .मुरारी ठाकुर ।यतिका कर्मचारी हुँदा -हुदै कार्यालय सहयोगीले बिरामीलाई सिरिन्ज किन दिएको भनेर अध्यक्ष हासमी र डा. मुरारीलाई मन्त्रीले सोधेँ ।
उनीहरु एक- छिन जवाफ बिहिन बने ।मन्त्रीले तपाईंहरु माथि कारबाही किन नगर्ने ?भनेर प्रश्न गरे ।
पछि एक चोटिको लागि छाडिएको छ तर आउने दिनमा यस्तो दृश्य देखे त्यसको परिणाम नराम्रो हुने भन्दै मन्त्री सिंहले उनीहरुलाइ चेतावनी दिए।
नागरीकको स्वास्थ्य सङ्ग खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री सिंह फोहोर मैला ब्यबस्थापन शाखाको उद्घाटन गर्न अघि बढेका थिए ।
मन्त्री सिंहले अस्पताल परिसर निरीक्षण पश्चात आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले रौतहटको गौर अस्पतालमा देखिएको बिसङ्गती ,बिकृती र लापरबाही अबिलम्ब सुधार गर्न निर्देशन दिएका छन् ।
मन्त्री सिंहले गौर अस्पतालको सेवा सुबिधालाई प्रभावकारी बनाउन अस्पताल ब्यवस्थापन समिति ,मेडिकल सुपरिटेन्डेन लगायत कर्मचारीलाई निर्देशन दिएका हुन।
मन्त्री सिंहले जुन सुकै कर्मचारी ,जति सुकै ठुलो र पावर फुल भएपनि पावर र शक्तिको धाक लगाउदै अस्पतालमा राजनिति गर्ने ,मनोमानी गर्ने ,काम गर्दै नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए।
मन्त्री सिंहले जुन कामको लागि नेपाल सरकारले तलब दिई खटाएको छ त्यसको परिधि भित्र रहि अनुशासन पालना गर्दै जनताको सेवामा लाग्न आनाकानी गर्ने कसैलाई छुट नभएको बताए ।
गौर अस्पतालको पुरानो कर्मचारीको सरुवा हुँदा पनि आतिने ,गौर मै बस्छु भन्ने ,अरु ठाँउमा जान्न भनेर अदालतमा मुद्दा दिने ,अदालतमा किन जाने ?काम गर्ने जहा गएर पनि काम गरे भै गो नी गौर मै बस्न के -को लोभ ?काम नगर्ने एक जनाको सरुवा गरिए त्यो मान्छे मेरो हो भनेर ३० जना नेताले तनाव दिने,अनि त्यहि नेताले गौर अस्पताल खतम छ भन्ने यो कस्तो खेल होला? उनले प्रश्न गरे ।
उनले भने , “म अलिकति फरक ढंगले गौर अस्पताल चलेको हेर्न चाहन्छु तर गठबन्धन सरकारका कारण चाहेको गतिमा काम गर्न नसके पनि अलि ढिलो भए पनि गौर अस्पतालमा देखिएको बेथिति अन्त्य गरेर छाड्छु ।”
अस्पतालमा ब्यबस्थापकको काम के हो ? मेडिकल सुपरिटेन्डेन्टको काम के हो ?बिरामी किन बाहिर जादैछ्न ,अस्पतालमा साच्चै कमि कमजोरी छ कि कमिसनको खेल मौलाएको छ ?कसरी सुधार हुन्छ ? सबैले आ -आफ्नो लक्ष्य र जिम्मेवारी प्रति गम्भिर भई अस्पतालको सेवा सुधारको लागि अहोरात्र खट्न निर्देशन दिए ।
मन्त्री सिंहले भने -“कर्मचारीको तह अनुसार तलब दिनुस ,जसले जति मेहनत गरेको छ त्यति नै ओभर टाईमको भत्ता दिनुस् ,सबै ईन्चार्जलाई एक ठाँउमा राखि कमिटी बनाई ओटिपि बितरण गर्नुस् ,एकलौटी नगर्नुस ,कर्मचारीको ड्रेसको ब्यस्था गर्नुस,चौबीसै घण्टा ल्याब र एक्सरेको ब्यस्था गर्नुस ,गरिब निमुखाको उपचार प्रति गम्भिर हुनुस ,नि:शुल्क पाउने औषधि दिनुस , कर्मचारीको विवरण बनाई कारबाहिको सिफारिस गर्नुस सकिएन भने मन्त्रालयलाई जानकारी गराउनुस ,खुट्टा नकमाई अघि बढ्नुस ।
मधेश प्रदेशका ८ जिल्ला कै अस्पतालमा देखिएको लापरबाही र बेतिथि अन्त्यका लागि अत्याधुनिक मेसिनहरु मन्त्रालय मै जडान गरी मोनेटरिङ्ग गर्ने तयारी गरेको उनको भनाई छ ।
अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष अनवर हासमीको अध्यक्षतामा समपन्न कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवन कुमार मिश्र ,गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर लगायत अस्पताल कर्मचारी ,सन्चारकर्मि लगाएतको कार्यक्रममा उपस्थित रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु