Friday, May 24, 2024

६ सय ५४ आँखा रोगीको मोतिबिन्दुको शल्यकृया

पछिल्लाे समाचार


रौतहट २८ माघ । कतार च्यारेटीको सहयोग र ग्रामिण बिकाश केन्द्र नेपालको आयोजना आखा शिविर संचालन भएको छ ।
शिविरमा ६ सय ५४ जना आँखाका बिरामी लाभान्वित भएका छन l
रौतहट जिल्लाका बिभिन्न १३ स्थानमा आयोजित निःशुल्क आँखा शिविरहरुबाट पहिचान गरिएका ६ सय ५४ मोतियाबिन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरिएको छ ।
ग्रामिण विकास केन्द्र नेपालको आयोजनामा आयोजित सो आखा शिविरहरु बिभिन्न ४ ओटा पालिकामा आयोजना गरिएको थियो l
निःशुल्का आँखा परिक्षण शिविरमा २ हजार भन्दा बढी ले सेवा लिएका थिए l
कतार च्यारिटीको सहयोग तथा ग्रामिण विकास केन्द्रको आयोजना यमुनामाई, गौर, राजपुर तथा ईशनाथ नगरपालिकाको बिभिन्न १३ स्थानमा सो शिविरहरु आयोजना गरिएको थियो l
सो शिविरहरुको आयोजनामा स्थानीय पालिकाहरुको समेत समन्वय रहेको थियो l
आँखा शिविरमा विरामीहरुको आँखा जाँच गरि शिविर स्थलमै औषधि वितरण गरिएको थियो भने जाँचको क्रममा फेलापरेका मोतियाबिन्दुका विरामीहरुलाई सदरमुकाम गौर मा रहेको त्रिनेत्र आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु