Friday, June 21, 2024

अवैध सोफि रक्सी सहित मानिस पक्राउ

पछिल्लाे समाचार


रौतहट १३ बैसाख। अस्थाई प्रहरी पोष्ट महादेवपट्टी रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले अवैध सोफि रक्सी सहित मानिस पक्राउ गरेको छ ।
जिल्ला रौतहट गौर न.पा. वडा नं. २ स्थित सार्वजनिक सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारत बैरगनिया बस्ने बर्ष २० को निरज कुमार चौहानले चलाई आएको BR06Z 3222 नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा सिटभित्र र तेल ट्याङ्किको मुनि लुकाई छिपाई राखेको ५२ बोतल सोफि रक्सि बरामद भएको छ ।
सोफि रक्सि, मोटरसाईकल सहित निज निरज कुमार चौहानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजस्व कार्यालय रौतहट गौरमा बुझाएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु