Friday, July 19, 2024

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

पछिल्लाे समाचार


रौतहट ४ असार । श्रीमतीको हत्या गरेको अभियोग मा रौतहट प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।
गत जेठ ३२ गते राती राजपुर नगरपालिका वडा नं. ५ मदनी चौक घर भएका बर्ष ३४ को मसुद आलम लहेरीले आफ्नो जेठी श्रीमती ३७ बर्षिया नजाबुन नेसालाई आफ्नै फुसको घरमा घाँटी थिची हत्या गरेको मसुद को बयान बाट खुलेको प्रहरीले जनाएको छ ।
घटनास्थल र शव जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरि मृतकको श्रीमान आलम लहेरीसंग घटनाको बारेमा सोधपुछ गर्दा निजले आफ्नो श्रीमती नजावुन नेसालाई कुटपिट गरी घाँटी थिची हत्या गरेको स्विकारे पश्चात नियन्त्रणमा लिइ ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान भईरहेको रौतहटकी डिएसपि एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु