Sunday, April 19, 2026

लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय युवक बन्दुक सहित पक्राउ

पछिल्लाे समाचार

रौतहट, ४ असार । लुटपाटमा संलग्न एक भारतीय नागरीकलाई अबैध बन्दुक र गोली सहित रौतहट प्रहरीले पक्राउ गरेको छ ।
भारत विहार पूर्वी चम्पारण जिल्ला घोडासहानमा सक्रिय रहेका बाबा ग्याङ नामको अपराधिक समुहका सदस्यलाई रौतहट प्रहरीले असार २ गते मौलापुर नगरपालिका क्षेत्रबाट अबैध बन्दुक र गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीका अनुसार मंगलवार , भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला घोडासहान थाना, ग्रामपंचायत बसवरिया वडा नं. २ का २० बर्षिय मोनुकुमार जयसवाल पक्राउ परेका छन ।
जेठ २२ गते मौलापुर न.पा. वडा नं. ६ पथरा बुधराम स्थित सडक खण्डमा रहेको माँ बचत तथा ऋण सहकारी संस्थामा कलेक्सनको काम गर्ने बौधिमाई न.पा. वडा नं. ८ बस्ने बर्ष २४ को अरबिन्द कुमार दासले नगद १७ लाख झोलामा राखेर मौलापुर स्थित राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नको लागी बिआर ०५ एएन ८७६2 नम्बरको प्लाटिना मोटरसाईकलमा मौलापुर तर्फ जाने क्रममा विपरित दिशाबाट आएका ३ जना अपरिचित व्यक्तिहरुले रकम लुटपाट तथा डाँका गर्ने उद्देश्यले अरबिन्द कुमार दासलाई पछाडीबाट गोली हानी फरार भएको घटनाको अनुसन्धानको क्रममा जयसवाल पक्राउ परेको डिएसपी गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु