Friday, June 21, 2024

सुन तस्करीमा संलग्न रहेको आरोपमा रौतहटका आलम पक्राउ

पछिल्लाे समाचार

रौतहट, २७ जेठ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाण्डौ बाट सुन तस्करीमा संलग्न भएको आरोपमा रौतहट एक युवा सहित चार जना पक्राउ परेका छन् ।
रौतहट को कटहरिया नगरपालिका ६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, मोरङ केराबारी गाउँपालिका वडा नम्वर ९ का ३१ वर्षीय सरोज कोइराला, सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय मोहमद अरमान र खडक गाउँपालिका वडा नम्वर ६ का ३७ वर्षीय ज्याउदिन मियालाई सुन सहित पक्राउ गरेका छन ।
भन्सार छलेर अवैध रूपमा लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लो सहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु