Thursday, April 30, 2026

चन्द्रपुर–६ मा समयमै योजना नदिए उपभोक्ता समिति नबन्ने

पछिल्लाे समाचार


रौतहट १७,बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालन हुने योजनाहरू समयमै पेश गर्न सरोकारवालाहरूलाई आग्रह गरेको छ । वडा अध्यक्ष सहदेव केसीको हस्ताक्षरमा जारी सूचनामा चन्द्रपुर–६ भित्र संघ, प्रदेश, स्थानीय तह तथा अन्य निकायमार्फत विनियोजित बजेटअन्तर्गतका योजना तथा निर्माण कार्यका लागि आवश्यक योजना पत्र २०८३ जेठ १० गतेभित्र अनिवार्य रूपमा पेश गर्न भनिएको छ ।
वडा कार्यालयले स्पष्ट पारेअनुसार तोकिएको समयसीमाभित्र योजना पत्र प्राप्त भएका योजनामा मात्र उपभोक्ता समिति गठन गरिनेछ । समयमै योजना नबुझाए उपभोक्ता समिति गठन नहुने र त्यसबाट हुने ढिलाइ वा अवरोधको जिम्मेवारी सम्बन्धित सरोकारवालामै पर्ने जनाइएको छ ।
चन्द्रपुर–६ वडा कार्यालयले सबै सम्बन्धित पक्षलाई आफ्ना योजना ward6chandrapurmun@gmail.com मा पठाउन आग्रह गर्दै आर्थिक वर्षको अन्त्यतिर हतारमा गरिने कामले विकासको गुणस्तरमा असर पार्ने भएकाले समयमै प्राविधिक इस्टिमेट र प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।
वडाले समयमै योजना तयारी र कार्यान्वयनमार्फत चन्द्रपुर क्षेत्रमा नतिजामुखी विकास र सुशासन प्रवर्द्धन हुने विश्वास व्यक्त गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु