सिराहा,१३ भदौ //
निरन्तर परेको अविरल बर्षाले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेको छ ।
गोलबजार नगरपालिका–१२ बेतौनामा वर्षासंगै आएको बाढीले पोखरीको बाँध भत्केर गाउँमा पस्दा दर्जनौ घर डुबानमा परेको हो।
घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बस्नु परेको स्थानीयको गुनासो रहेको छ।स्थानीय सरकारले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि गुणस्तरीय काम नहुँदा बाँध फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको भनाई रहेको छ।
यस्तै धनगढीमाई नगरपालिका–६ मा बाढीले एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिएका छन् ।
वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न बनेको छ।
राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पानि पस्ने गरेकोे स्थानियहरुले बताइएको छ।