Saturday, May 2, 2026

जनज्योती मा.वी.मा बिद्यार्थीको बढ्दो आकर्षण

पछिल्लाे समाचार

रौतहट २०, बैशाख । जन ज्योति माध्यमिक विद्यालय मा आज नयाँ शैक्षिक सत्र २०८३ का लागि प्रवेश परीक्षा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।  सीमित सिटका बाबजुद अपेक्षाभन्दा बढी विद्यार्थीले आवेदन दिँदा विद्यालयप्रति बढ्दो आकर्षण झल्किएको छ ।

विद्यालयका अनुसार कक्षा ६ (अंग्रेजी माध्यम) मा ५० सिटका लागि ९० जनाले फारम भरेका थिए भने कक्षा ८ (अंग्रेजी माध्यम) मा ३० सिटका लागि ८४ जनाको आवेदन परेको थियो । त्यसैगरी कक्षा ९ (अंग्रेजी माध्यम) मा ४० सिटका लागि ५८ जनाले फारम भरेका थिए भने कक्षा ९ (नेपाली माध्यम) मा ६० सिटका लागि ७० जनाको आवेदन परेको थियो ।

आज सञ्चालन गरिएको प्रवेश परीक्षामा अधिकांश आवेदकहरूको सहभागिता रहेको विद्यालय प्रशासनले जनाएको छ । सीमित कोटामा धेरै आवेदन परेकाले प्रतिस्पर्धा उच्च देखिएको छ ।

विद्यालयका प्रधानाध्यापक वसन्त सापकोटाले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र सुधारिएको भौतिक पूर्वाधारका कारण विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको बताए । उनले निष्पक्ष ढंगले परीक्षा सञ्चालन गरिएको र मेरिटका आधारमा भर्ना प्रक्रिया अघि बढाइने जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछाने ले विद्यालयले आवश्यक शैक्षिक पूर्वाधार र वातावरण तयार पारेकाले निजी विद्यालयबाट समेत विद्यार्थी आकर्षित भइरहेको उल्लेख गरे ।

त्यस्तै शिक्षक पञ्चरत्न शाक्यका अनुसार अंग्रेजी माध्यममा पढाइ, अनुशासनमा जोड तथा अतिरिक्त क्रियाकलापका कारण पछिल्लो समय विद्यालयप्रति विश्वास बढेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु