Friday, July 19, 2024

अवैध लागु औषधसहित पर्साबाट चारजना पक्राउ

पछिल्लाे समाचार


पर्सा ,२२ श्रावन//
अवैध लागु औषधसहित पर्सा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
वीरगञ्‍ज महानगरपालिका ९ का ४५ वर्षीय जितेस प्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका ३ का ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा-११ का २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर-४ कै २७ वर्षीय विकास देउला लाई नियन्त्रणमा लिएको हो।
वीरगञ्ज महानगरपालिका-१६ बसपार्क स्थित कार्यालय मातहत वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले
बिहीबार दिउँसो १०० एमएलको २३१ बोतल लागुऔषध जितेस प्रसाद श्रीवास्तवको साथबाट बरामद गरेको छ ।यस्तै बिहीबार नै वीरगञ्‍जको जयन्तीचोकबाट हेटौडाका २७ वर्षीय विकास देउलाको साथबाट कोडिन फस्फोट सिरफ १०० एमएलको ३३ बोतल, नाइट्राभेट ७५ ट्याबलेट र स्पाकोर भोनप्लस ८ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस्तै साउन २० गते वीरगञ्‍ज महानगरपालिका-१६ शंकराचार्यबाट काठमाडौं सितापाइलका ३२ वर्षीय विमल श्रेष्ठ र हेटौंडाका २१ वर्षीय डेनियल तामाङको साथबाट स्कुटीको डिकीमा लुकाएर ल्‍याएको लागु औषध नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारगन ३० गरी ९० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारजना लाई लागु औषधसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु