Monday, October 7, 2024

एकसय ३० स्थानको तुइन बिस्थापन

पछिल्लाे समाचार

काठमाण्डौ २१ साउन // देशभर एक सय ३० वटा तुइन विस्थापन भएको छ ।
छ ।
छनौट भएका स्थान मध्य १२ स्थानमा पुल निमार्णको चरणमा रहेको र एक स्थानमा नबने भएको छ ।
तात्कालिन केपी ओली नेतृत्वको सरकारले २०७२ सालमा तुइन विस्थापित गर्ने नीति लिएपनि देशभरका एकसय ४३ ठाउँमा तुइन रहेकोमा तथ्याक सार्वजनिक भएको थियो ।
हाल सम्म एकसय ३० वटा तुइन विस्थापित भएको स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ ।
सरकारले तुइन रहेको स्थानमा एकैपटक झोलुङ्गे पुल निर्माणको काम थालनी भएको थियो । महाकाली नदीमा ४ र कर्णाली तथा कालीगण्डकी नदीमा ८ गरी जम्मा १२ वटा तुइनको हट्न सकेको छैन ।
महाकाली नदी भारतसँगको सीमा भएर बग्ने हुदा भारतसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको, निमार्ण सामाग्री भारतबाटै किन्नुपर्ने, कोरोना सङ्क्रमण जोखिमपछि भारततर्फ कामदारलाइ काम गर्न रोक लगाएका कारण पुल निमार्णमा ढिला भएको स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक तथा सस्पेन्सन ब्रिज डिभिजन योजना प्रमुख अशोककुमार साहको भनाइ छ ।
पचेश्वरघाटमा भारतले सहमती दिएको छैन । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७२ असोजमा दुइबर्ष भित्र तुइन विस्थापन गर्ने घोषणा भएको थियो ।
महाकाली नदीको ४ मध्ये बडुगाउ र बाँकुको पुलको काम ९० प्रतिशत सकिएको छ यस्तै माल र बरती स्थानको पुलको काम ३० प्रतिशत सकिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु