सर्लाही २ भदौ /नेकपा (एमाले) सर्लाहीले मा पार्टीमा आएको विभाजन दुखपुर्ण रहेको भन्दै बिचलित नहुन आग्रह गर्दै बिज्ञप्ति निकालेको छ ।
जिल्ला अध्यक्ष रेवती पन्तले बुधवार बिज्ञप्ति निकालेका हुन ।
देश र जनताको आशा एवं भरोसाको प्रतिक रहेको पार्टी विभाजनमा गएको टुलुटुल हेरेर वस्न वाध्य देशभरका नेता, कार्यकर्ता एवं आम समर्थक स्तव्ध भएको उल्लेख छ ।
पार्टीका नेताहरुले एकता जोगाउन गम्भिरता देखाउन नसक्नु दुखद रहेको समेत एमाले सर्लाहीले जनाएको छ ।
छ ।
पार्टी निर्माण गर्न वलिदान गर्ने सहिद, रगत–पसिना वगाउने योद्धा र आम जनताको लागि विष पियर पनि एकता जोगाउन मेहनेत गर्नु पथ्र्यो, त्यो नहुनु खेद जनक रहेको जनाइएको छ ।
जिल्ला भरका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक र आम जनसमुदायहरु लाई विचलित नहुन आव्हान गरिएको छ ।
केही दिन भित्रै जिल्लाको उपयुक्त स्थानमा वृहद भेला राखि प्राप्त सुझावको आधारमा परिपक्व निर्णय लिने बिज्ञप्तिमा उल्लेख छ