रौतहट १९ साउन //
मनसुनी वायुको प्रभावले पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले सोमवार जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार सोमवार देशका अधिकांस भू भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली , सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
बुधबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै अनि गण्डकी, लुम्बिनि र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार लुुम्बिनि र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। बर्षाका कारण कोशी र यसका सहायक नदीहरूमा पानीको बहाब बढ्ने छ ।