रौतहट ८ भदौ । रौतहटमा दुइवटा नगरपालिकाले नियम बिपरीत धरौटी रकम फिर्ता गरेको पाइएको छ ।
रौतहटको गजुरा र फतुवा बिजयपुर नगरपालिकाले गत आवमा लालबकैया नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागी एक व्यवसायीले २ करोड ३० लाखको प्रस्ताव स्वीकृत गरी २०७५ पुस २० मा सम्झौता गर्न पत्राचार गरेकोमा नआएको जनाई २०७५ फागुन १७ मा बोलपत्र रद्द गरी बैङ्क ग्यारेण्टी र धरौटी बापतको ७५ लाख ६८ हजार रकम व्यवसायीलाइ फिर्ता गरेको छ ।
सार्वजनिक खरीद ऐन २०६३ को दफा २७ (५) मा बोलपत्र स्विकृत पस्चात सम्झौता गर्न नआएमा जमानत जफत हुने व्यवस्था छ ।
ऐनको व्यवस्था अनुसार सम्झौतागर्न नआएका व्यवसायीले राखेको धरौटी जफत गर्नुपर्ने र फिर्तागर्ने पदाधिकारीलाइ जिम्मेवार बनाइ सो रकम असुल गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।