Thursday, June 13, 2024

गौरको एक रेष्टुरेन्ट मा आगलागी , लाखौको क्षति

पछिल्लाे समाचार


रौतहट,१३ भदौ //
गौरको एक रेष्टुरेन्ट मा आगलागी हुँदा लाखौको क्षति भएको छ।
आइतबार बिहान गौर नगरपालिकाको वडा नम्बर १ राधाकृष्ण मन्दिर अगाडी रहेको सुर्य ब्याम्बू रेस्टुरेन्ट एण्ड बारमा रेष्टुरेन्टमा आगलागी भएको हो।
आगलागीबाट करिब ८ लाख बराबरको क्षति भएको रेष्टुरेन्टको म्यानेजर अशोक श्रेष्ठले बताएका छन् ।
उनका अनुसार अविरल बर्षाका कारण रेष्टुरेन्ट पनि डुवानमा परेपछि त्यहाका कर्मचारी सहित सञ्चालकहरु राती १ बजेसम्म मोटरले पानी बाहिर निकालेको थियो।
करिब २ बजेको समयमा एक्कासी किचेनमा आगो सल्किएपछि त्यसलाई नियन्त्रण गर्न नसक्दा किचेनमा रहेका सम्पुर्ण भाडाकुडा , फ्रिज, पंखा , भौतिक सामग्री लगायत होटलमा आवश्यक सम्पुर्ण मेसिनहरु जलेर नष्ट भएको उनले बताए ।
स्थानियले आगो नियन्त्रणमा लिन नसकेपछि वारुणयन्त्र सहित प्रहरी , स्थानियहरुको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।
घटना समन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु