रौतहट ३० साउन //चन्द्रपुर नपा ६ को बिभिन्न टोलमा गरीएको कालोपत्रे भत्कन थालेपछि स्थानियले चिन्ता व्यक्तm गर्न थालेका छन ।
गत आर्थिक बर्ष तथा अघिल्ला बर्षहरुमा बनाइएको सडक भत्किन थालेको हो । नगरपालिका र वडाले उपभोक्ता समिती मार्फत र समितीले पछि ठेकेदार मार्फत गरेको कालोपत्रे भत्किन थालेका छन ।
चन्द्रपुर ६ को सुनिल जयसवाल को मिल देखी राइटोल सम्मको सडक दुइ महिना पनि नटिकेको स्थानिय बताउछन ।
सो सडकको कालोपत्रे भत्किन थालेको छ । उपभोक्ता समितीले सो सडक बनाउन ठेकदार लाइ दिएका थिए । यस्तै सो वडाको सरस्वाती कल्व देखी क्याम्पस सम्म,झनझने टोल देखी मोथीयाही सम्म, डाबरी चौक आसपास का कालोपत्रेहरु भत्किएका छन ।
कमिसन माथी कमिसन चले पछि निमार्ण गुणस्तर हिन भएको स्थानियको भनाइ छ । नगरपालिकाको प्राबिधीक तथा अनुगमनकर्ता लाइ खर्च दिएपछि कामको गुणस्तर नहर्ने गरेको समेत गुनासो छ ।
गुणस्तरहिन काम को बारेमा जनप्रतिनिधी, प्राबिधीकहरु एकले अर्कालाइ दोष देखाएर टार्ने मात्र काम गर्दै आएका छन । चन्द्रपुर नपामा प्राबिधिक लाइ अतिरिक्त खर्च नदिइ काम नै नहुने गुनासो व्यापक रहेको छ
यस्तै चन्द्रपुर नगरपालिका कार्यालय अगाडी सडक कार्यालयले बनाएको पिच भत्कन थालेको छ । बर्षौ देखि भत्किएको सडक केही महिना अघि मर्मत गरीएको थियो ।
अहिले सडकमा खाल्टा खुल्टी भैसकेको छ ।