Wednesday, May 22, 2024

चितवनमा युथ क्लबले गर्‍यो पूर्व अध्यक्षलाई सम्मान

पछिल्लाे समाचार

चितवन, २३ साउन ।// युथ क्लब नारायणगढले ४८औँ साधारणसभामा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा आयोजना गरेको साधारणसभामा क्लबलाई योगदान गरेको भन्दै सम्मान गरेको हो ।

संस्थाले ज्ञानेन्द्रकुमार पिया, पूर्व अध्यक्ष कल्याण जोशी, केशवप्रसाद रेग्मी, भुवन आचार्य, राजकृष्ण श्रेष्ठ, हेरम्बकुमार असिम, रोशन मास्के, विष्णुप्रसाद सापकोटा, सुरेशकुमार श्रेष्ठ, लक्ष्मण बानियाँलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि ज्ञानेन्द्र पिया, अतिथिहरु केशवप्रसाद रेग्मी, विष्णु सापाकोटा, भुवन आचार्य, राजकृष्ण श्रेष्ठ, विष्णु सापकोटालगायतले सामाजिक क्षेत्रमा युथ क्लबको योगदान उल्लेख्य भएको बताए ।

क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रगती प्रतिवेदन महासचिव किशोरबाबु पुरी, आर्थिक प्रतिवेदन रोशन मास्केले प्रस्तुत गरे । उपाध्यक्ष शालिग्राम नेपालले स्वागत मन्तव्य राखेका थिए ।क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु