रौतहट ६ भदौ ।
जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा ८ सय ५० घर अलपत्र अवस्थामा रहेको छ ।
घरका पर्खाल, झ्यालढोका बनेको छ । महिनौ देखि छाना हालिएको छैन ।
बजेट अभाव मा छाना नहालिएको जनाइएको छ ।
हो । रौतहटका सयौ दलित परिवार छाना नहुदा पानीले भिजेर, हुरीमा परेर बसिरहेका छन ।
गुजरा ,चन्द्रपुर, गौर, इशनाथ, गरुडा, गढीमाइ लगायत नगरपालिकामा कार्यक्रम अन्तर्गत निर्माणाधीन घरमा छाना लगाउन बाँकी छ ।
सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जका इन्जिनियर वीरेन्द्र साहले गत फागुनमा नै बजेट सकिएकाले छाना लगाउन नसकेको बताएका छन ।
गत आर्थिक वर्षमा प्रदेश २ सरकारले जनता आवासका लागि १५ करोड बजेट निकासा गरेको थियो । सो रकमले ८ सय ५० घरको पर्खाल ,झ्यालढोका निर्माण भएको थियो ।
अर्थ मन्त्रालयले १८ करोड रकम पठाएको छ, अख्तियारी नपाएकाले काम गर्न नपाएको बताइएको छ ।
सो कार्यक्रमअन्तर्गत जिल्लामा एक हजार ९ सय ७३ घर बनाउने योजना छ । त्यसमध्ये १ हजार १ सय ७५ वटा घर बनाउने सम्झौता भएको छ ।
सहरी विकास कार्यालयले एउटा घर बनाउन प्रदेश सरकारले ३ लाख ३६ हजार रकम निकास गर्दछ ।
२ कोठाको एउटा घर बनाउँदा ३ लाख ७३ हजार लाग्छ । १० प्रतिशत घरधनीले श्रमदान गर्नुपर्छ ।
यसरी घर बनाउँदा समुदायबाट उपभोक्ता समिति गठन गर्नुपर्छ । समितिले पहिले किस्ताबापत ५५ प्रतिशत रकम पाउँछ । दोस्रो ३५ र तेस्रो काम सम्पन्न भएपछि १० प्रतिशतले भुक्तानी पाउने व्यवस्था छ ।