Wednesday, May 22, 2024

जसपाको ठाकुर पक्षको मलगवामा भेला

पछिल्लाे समाचार

मलंगवा २४ साउन //
निर्वाचन आयोगबाट आधिकारिता गुमाएको जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो समूहले आइतवार सर्लाहीको मलंगवामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा मलंगवास्थित भेला सम्पन्न भएको हो ।
जसपाको ठाकुर–महतो समूहका जिल्ला अध्यक्ष एवं कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री जितेन्द्र सोनल, पूर्व राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य गौरीनारायण साह, उपेन्द्र महतो लगायतले सम्वोधन गरेका छन ।
जसपाको ठाकुर–महतो समूहले अहिले मधेसका जिल्लाहरुमा अगुवा कार्यकर्ता भेला आयोजना गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु