Monday, October 7, 2024

जेसिजले गर्यो डोमजातीका बिधार्थीलाइ सहयोग

पछिल्लाे समाचार

रौतहट १४ भदौ । जेसिज सप्ताह अन्र्तगत चन्द्रनिगाहपुरमा जेसिजले खाध्यान्न तथा कपी कलम सहयोग गरेको छ ।
रौतहट जिल्लाका ५ जना र बाराका एकजना एसएलसी तथा एसइइ उतिर्ण गरेको बिधार्थी लाइ चामल, तेल नुन र एक दर्जन कपी कलमका दरले सहयोग गरीएको हो ।
सो सहयोग कार्यक्रममा चन्द्रनिगाहपुर जेसिजका अध्यक्ष लोकेन्द्र खड्काले अति बिपन्न जातीका युवकहरु लाइ शिक्षामा केही सहयोग पुगोस भन्ने उदेश्यले टोकन स्वरुप सामाग्री सहयोग गरीएको बताए ।
कार्यक्रममा सुप्रिम संचार प्रालिका अध्यक्ष फणि महतले रौतहटमा रहेका अति बिपन्न परीवारका छात्रहरु लाइ सवै मिलेर सहयोग गर्न रहेको धारणा राखेका छन ।
जेसिज का पुर्व अध्यक्षहरु अनन्त अधिकारी, निर्मल भण्डारी, दिलिप सापकोटा ले चन्द्रनिगाहपुर सिटी जेसिसले विपन्न डोम समुदायका उच्च शिक्षा पढ्दै गरेका बिधार्थीलाइ सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सवै मिलेर यस्तै सहयोगका काम गर्नुपर्ने धारणा राखेका छन ।
कार्यक्रमको संचालन महासचिव उज्वल रीजालले गरेका थिए भने अध्यक्षता जेसिस सप्ताहका संयोजक राजन श्रेष्ठले गरेका छन । सो कार्यक्रममा जनज्योती क्याम्पसका स्वाबियूका सभापती संगम श्रेष्ठ, अन्य सामाजीक अभियान्ताहरु , जेसिजका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।
सो कार्यक्रममा रौतहमा सवै भन्दा धेरै अध्ययन गरेका डोमजातीका बिजय मलीले आफ्नो समुदायको बालबालिकाहरु पढ्नका लागी सवैले सहयोग गरी दिन आग्रह गरेका छन ।
उनी बिएड पढ्दै छन भने १५ महिने एचए पढेका छन ।
रौतहटमा हाल सम्म डोमजातीका ५ जना युवकले मात्र एसएलसी तथा एसइइ उतिर्ण गरेका छन ।सो जातीको धेरै बालबालिका तथा किशोर किशोरीहरु आर्थिक अभाव तथा बिभिन्न कारणले पढ्न पाउदैनन ।
मधवनारायण ५ का बिजय मलि, गढीमाइ ६ का रोहीत मली,गरुडा नपा महमदपुरका अनिल मली , मौलापुर ५ का धिरज मली, निरज मली तथा बाराको आदर्शकटवाल गाउपालिका का सुनिल मलीलाइ सहयोग गरीएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु