बारा,१० भदौ //
बाराबाट लागुऔषध मुद्दामा तीन वर्ष देखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारा विश्रामपुर गाउँपालिका–१ बस्ने ५५ वर्षीय पन्नालाल साह तेली रहेका छन्।
फरार रहेका उनलाई प्रहरीले आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
पक्राउ परेका उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज ल्याइएको मिश्रले बताएका छन् ।
तेलीलाई लागुऔषध मुद्दामा जिल्ला अदालत बाराले ०७५ साल वैशाख २४ गतेको फैसलाले २ वर्ष कैद र १५ हजार जरिवाना तोकेको थियो।


