Monday, October 7, 2024

थर नै हटाएर सिफारीस, नाटकिय शैलिमा मोही कट्टा

पछिल्लाे समाचार

रौतहट ३० साउन । चन्द्रपुर ४ वडा कार्यालयले बास्तबिकता नबुझी सिफारीस गर्दा भूमिसुधार तथा मालपोत कार्यालयले एक व्यक्तिको थर नै हटाएर मोही कट्टा गरेको खुलेको छ ।
वडा कार्यालयले थर उल्लेख नभएको भन्दै मोही कट्टाको सिफारिस गरेको पाइएको छ ।
साबिक चन्द्रनिगाहपुर गाविस–१० स्थित शंकर राय यादवको कित्ता नम्बर १३८५ को १८ धुर जग्गामा मोही बखत बहादुर चौहान रहेकोमा भूमिसुधार तथा मालपोत कार्यालयले थर हटाएर मोही कट्टा गरेको हो ।
मोही लगतमा पनि बखत बहादुर चौहान नै छ । तर, वडाले भने उनको कालगतिले २०३२ साल अगावै मृत्यु भइसकेको र परिवारमा श्रीमती, छोरा, नाति र भाइ कोही नातेदार नभएको भनेर भूमिसुधारको नाममा मोही लगत कट्टाको सिफारिस गरेको खुलेको हो ।

चौहानका सन्तान जीवितै छन । वडाकै सिफारिसको आधारमा मोही कट्टा भएको बखत बहादुरका नाति कौशल चौहानको गुनासो छ ।
वडा कार्यालय देखी भूमिसुधार कार्यालय सम्मको मिलेमत्तो भन्दै जिउँदो मानिसलाइ कोही नभएको भनेर सिफारिस गरेर मोही कट्टा गर्ने काम भएपछि अदालत र अख्तियारमा उजुरी गरेको कौशल ले बताए ।

जग्गाधनी शंकरका श्रीमती माया यादवले वडा कार्यालय मा बेपत्ता मोही कट्टाको निवेदन दिएपछि नाटकीय ढंगले सर्जमिन समेत गरेको पाइएको छ ।
त्यसपछि ३५ दिनको हकदाबीको सूचना निकालेर सिफारिस दिएको थियो ।
वडाध्यक्ष अमर बहादुर आलेले मोहीको नाममा बखत बहादुर मात्र रहेको र थर नभएपछि आफूले सिफारिस गरीदिएको बताए ।
लालपुर्जामा थरै नभएपछि सर्जमिन गरेर सिफारिस दिएको वडा अध्यक्ष आलेको भनाइ छ ।
भूमिसुधार कार्यालय गौरका तत्कालीन प्रमुख सीताराम थापाले बखतबहादुरले ३५ दिने सूचनामा मोहीसम्बन्धी कुनै प्रतिवाद नगरेको र बादीको दाबीलाइ स्वीकार गरी बसेको देखिएको तथा परिवारका सदस्यहरू कोही नभएकाले २०७६ भदौ २ गते मोही कट्टा को निर्णय गरेका थिए ।
मोही कट्टा भएपछि यादवले सो जमिन अरुलाइ बिक्री गरेका छन । भुमिसुधार कार्यालयका प्रमुख रामकृष्ण उप्रेतीले बदरका सम्वन्धितले निवेदन दिन सक्ने बताए । बास्तबिकता आफुले बुझ्ने प्रमुख उप्रेतीको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु