Wednesday, October 9, 2024

दमकल संचालनमा अलमल

पछिल्लाे समाचार

जनकपुर २५ साउन /// प्रदेश २ सरकारले खरिद गरेको दमकल प्रदेश प्रहरीले आफ्नो जिम्मा लिन शर्तहरु राखेको छ ।
दमकल सञ्चालनमा खर्च लाग्ने  र उक्त खर्च व्यवस्थापन नभएर सम्म आफुहरुले वारुण यन्त्र जिम्मा नलिने प्रदेश प्रहरीले जनाएको छ ।
आवश्यक पर्ने ईन्धन, मर्मत सम्भारको लागि आवश्यक पर्ने बजेट लगायतका माग गरेपछि प्रदेश सरकारले दमकल   प्रहरीलाई जिम्मा लगाउन सकेको छैन ।

खरिद गरिएको दमकल महिनौ अघि देखि जनकपुर स्थित मधेश भवन परिसरमा थन्काईएर राखिएको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डिआईजी उमेश रंजितकारले दमकल चलाउन जनशक्ति दिने   तर  सञ्चालनको लागि चाहिने ईन्धन, मर्मत सम्भारको लागि खर्च त प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने माग राखेको बताएका छन ।

प्रदेश सरकारले दमकल प्रत्येक जिल्ला प्रहरी कार्यालयमा राख्न भनेको तर प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालयमा जनशक्तिको अभाव रहने गरेकोले  जिल्लामा नभई प्रहरी तालिम केन्द्र र गणहरुमा मात्रै राख्न प्रदेश सरकारलाई जानकारी गराइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु