Thursday, September 12, 2024

पत्रकारलाई फसाए प्रहरीले, महासंघको आपति

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट ६ भदौ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले रिसिवी साधेर निर्दोष व्यक्तिहरुलाई फसाउने कार्य गरेको रहस्य खुलेको छ। प्रहरीको बिरोधमा समाचार लेखेपछि एकजना पत्रकारलाई प्रहरीले फंसाएको रहस्य खुलेको हो। प्रहरीको बिरोधमा एक स्थानीय अनलाईन न्युज पोर्टलमा समाचार आएपछि समाचार लेख्ने पत्रकारलाई सादा पोसाकका प्रहरीले फंसाउन उनको मोटर साईकलमा लागु औषध राखेर नियन्त्रणमा लिएको छ ।गत साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका पत्रकार मुजिबुल्लाह र अर्का एकजनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो (सिसिटिभी) फुटेज सार्वजनिक भएको छ ।जिल्ला प्रहरी कार्यलय रौतहटले सादा पोसाकमा परिचालन गरेका घुमुवा असइ उदय यादवको नेतृत्वमा रहेको प्रहरीटोलीले होटेल बाहिर पार्किङ गरि खाजा खान गएका व्यक्तिको मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेको भिडियोमा प्रष्ट देखिएको छ । असइ उदय यादव तथा प्रहरी जवान मनोज साहले दुई युवाहरुलाई प्रयोग गरी आफ्नै निगरानी तथा प्रत्यक्ष उपस्थीतिमा सो लागु औषध मोटरसाइकलमा राख्न लगाएका थिए । यसै बीच यस घटना प्रति पत्रकार महासंघ रौतहटले आपति जनाएका छन्। शनिवार एक प्रेश बिज्ञप्ति जारि गरि महासंघद्वारा नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने दुवै प्रहरीलाई कडा कारबाहीको माग समेत गरिएको छ । महासंघका रौतहट अध्यक्ष प्रेमचन्द्र झाले शनिबार विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई निलम्बन गरी नियन्त्रणमा लिएर कारबाहीअघि बढाउन माग गरिएको हो । दोषी उपर कारवाही नभए चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने समेत अध्यक्ष झाले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु