Monday, June 24, 2024

पर्सामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न

पछिल्लाे समाचार


पर्सा,१३ भदौ //
सकरात्मक युथ सोसाइटी वीरगञ्जको आयोजनामा पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
किरण आँखा अस्पताल, क्रिस्टल डेन्टल, साई ड्रिंकिङ्ग वाटर र आदर्श स्कुलको सहयोगमा आँखा र दाँतसहित निःशूल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको हो ।
शिविरबाट ५ सय ३० जना प्रत्यक्ष लाभान्वित बनेका छन् ।
शिविरमा ३ सय ४० जनाको आँखा,१ सय ३५ जनाको दाँत र ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको सोसाइटीका एम्बेसडर ओम कुमार झाले जानकारी दिएका छन्।
झाकै अध्यक्षतामा सम्पन्न शिविरमा दन्त चिकित्सक प्रिया जैसवाल, नेत्र चिकित्सक डा. अन्द्रीका यादव र जेनरल फिजिसियन डा. सुशिल थापाले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक शिवाङ्गी सुडले जानकारी दिइन् ।
आगामी दिनहरु मा पनि सोसाइटीले पर्सा जिल्लाका अन्य स्थानमा पनि स्वास्थ्य शिविरको आयोजना गर्ने जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु