Wednesday, October 9, 2024

पाटी एकढिक्का बनाउन गम्भीर छलफल भैरहेको छ : एमाले नेता पाण्डे

पछिल्लाे समाचार

सर्लाही २९ साउन ///महाधिवेशनबाट आएका र कानुनी हिसावले नेकपा(एमाले)को आधिकारीक अध्यक्ष केपी शर्मा ओली नै रहेको एमालेका स्थायी कमिटि सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन ।
नेकपा(एमाले) केपी शर्मा ओलीले नेतृत्व गर्नु भएको हो की माधब कुमार नेपालले नेतृत्व गरेको हो ? भन्ने पत्रकारहरुको प्रश्नमा पुर्व मन्त्री तथा स्थायी कमिटि सदस्य पाण्डेले यस्तो धारणा राखेका हुन ।

राजनैतिक हिसाबले नेकपा(एमाले) माधब कुमार नेपालले नेतृत्व गरेको भएका पनि महाधिवेशनबाट आएका र कानुनी हिसावले नेकपा(एमाले)को आधिकारीक अध्यक्ष ओली नै रहेको पुर्व मन्त्री तथा स्थायी कमिटि सदस्य पाण्डे को भनाइ छ ।
माधब कुमार नेपाल र केपी शर्मा ओलीका विचमा नेकपा(एमले)लाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भई रहेको र चाँडै नै पार्टी एक ढिक्का हुने समेत जानकारी दिए ।
प्रेस चौतारी नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आउनु भएका पुर्व मन्त्री पाण्डेले मिडियाले हल्ला गरे जस्तो नेकपा(एमाले) आजै फुट्यो अहिलै फुट्यो भने झैँ नरहेको र पार्टीले एक कार्यदल बनाएर पार्टीलाई एक ढिक्का बनाएर लैजाने विषयमा गंभिर ढंगले छलफल गरिरहेको जानकारी दिए ।
एमसिसि पारित गर्ने वा नगर्ने भन्ने विषय सरकारले छलफल गरेर गर्नु पर्नेमा सरकारले संसदमा लगेको बताउँदै नेपाललाई अरु विदेशी सहयोगी संस्थाहरुले सहयोग गर्दा गरेको सम्झौता भन्दा फरक र राष्ट्रहित विपरित केही बुँदाहरु रहेमा ती बुँदाहरु संसोधन गरि छलफल गरेर पारित गर्न सक्ने उनले बताए ।
नेपालको अर्थतन्त्र परम्परागत शैलीको रहेको भन्दै देशको अर्थतन्त्र उकास्न रोजगारी सृजना गर्नु र निर्यातलाई प्राथमिकता दिनु नै महत्वपुर्ण हुने र सितैमा खान कसैले पनि नदिने बताउँदै एमसिसि पारित गर्दा अमेरीकालेपनि केही स्वार्थ पुरा गर्ने भएकाले राष्ट्रियहित विपरित भएमा छलफल गरि संसोधन गरेर पारित गर्न सकिने समेत नेता पाण्डेले धारणा राखेका छन ।
कार्यक्रममा पुर्व खेलकुद मन्त्री पुर्षाेतम पौडेल,नेकपा(एमाले) सर्लाहीका अध्यक्ष रेवती पन्त, नेताहरु डिल्ली प्रसाद उप्रेती,बेची लुङ्गेली,पुर्व सांसद रन्जना सरकार, सर्लाहीका विभिन्न स्थानिय निकायका प्रमुख तथा उप प्रमुखहरु र जनप्रतिनिधिहरुका साथै नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु