Friday, June 21, 2024

प्रहरी हुँ भन्दै हिड्ने रौतहटका एक युवक सर्लाहीमा पक्राउ

पछिल्लाे समाचार

सर्लाही २४ साउन /// आफूलाई प्रहरीको ब्यूरो प्रमुख भन्दै हिँड्ने एक युवक हरिवनबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–६, का अन्दाजी २२ वर्षीय राज कुमार साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साहले हरिवन बजार क्षेत्रमा प्रहरीको ब्यूरो प्रमुख हुँ भन्दै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन ।

पक्राउ परेका साहलाई ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
प्रहरीको बद्नाम गराउने हिसाबले प्रहरीको ब्यूरो प्रमुख बताउने साहविरुद्ध सार्वजनिक मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको डीएसपी बुढाथोकीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु