Friday, May 24, 2024

प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै कुटपिट

पछिल्लाे समाचार

रौतहट ७ भदौ । गरुडा नगरपालिका ६ पोठियाही कि एक महिलालाई सोही टोलका एक पुरुषले कुटपिट गरेको पिडितले गुनासो गरेकी छिन ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पोठियाहीका २७ वर्षिय सिकेन्द्र यादवले सोही स्थानका ३० वर्षिया महिला मोदिना खातुनलाई कुटपिट गरेका छन ।
ती महिलाको श्रीमान वैदेशीक रोजगारीको सिलसिलामा छन ।
सिकेन्द्रले फोनमा पटकपटक प्रेम प्रस्ताव राख्दै यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको र प्रस्ताव अस्वीकार गर्दा घरमै आएर कुटपिट गरेको पिडितको भनाइ छ ।
कुटपिटबाट घाइते भएकी महिलाको गरुडा स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।
आफनो मोवाइलमा फोन नगर्न पटक पटक आग्रह गर्दा पनि यादवले फोन गरी विभिन्न किसिमको प्रलोभन दिएर आफुसँग अनैतिक सम्बन्ध राख्न दबाब दिएको पिडित महिलाको भनाइ छ ।
घरमै आएर शुक्रवार सिकेन्द्र र उसका भाइ जितेन्द्र यादव ले कुटपिट गरेको भन्दै महिला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन ।
आरोपितहरुको खोजतलास तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन ।
बताउनु भयो ।
 

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु